प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यअवस्थाबारे मिडियाहरुले अतिरञ्जना फैलाएको आरोप लगाएका छन ।
सिंहदरबारमा सोमबार सञ्चारकर्मीसंग कुरा गर्दै उनले मिडियाहरुले हल्लाका भरमा समाचार प्रवाह गरेको समेत आरोप लगाए ।
थापाले मिडिया हाउसका सम्पादकहरुले समेत संवेदनशीलतालाई बुझ्न नसकेको बताउँदै उनीहरुले अतिरञ्जना गरेर लेख्ने गरेको तर्क गरे । उनले प्रधानमन्त्री ओलीलाई अस्पताल भर्ना गर्दा मिडियाहरुले अतिरञ्जना फैलाएको घटनाबारे स्मरण गर्दै यसमा डाक्टरहरुलाई दोष दिने ठाउँ नभएको बताए ।
उनले केहि चिकित्सकहरुले समेत प्रधानमन्त्रीको स्वास्थ्यबारे अनावश्यक टिप्पणी गरेको बताए ।








