२४ मंसिर, पर्सा । वीरगञ्ज-१२ मुरलीस्थित एक घरमा सोमबार साँझ बन्द कोठाभित्र आमाछोरीको शव फेला परेको छ ।
सोमबार शव कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले ढोका फोड्दा शव भेटिएको थियो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कोठामा बाहिरबाट ताला लगाएको थियो।
कोठामा कलैया २६ का पवन साह उनकी श्रीमती र छोरी बस्थे। श्रीमती र छोरीको शव फेला पर्दा पनि पवन भने प्रहरीको सम्पर्कमा आएका छैनन्।
श्रीमती र छोरीको हत्या गरेर भागेको हुन सक्ने भन्दै प्रहरीले उनको खोजी गरिरहेको छ।








