२४ मंसिर, एजेन्सी । भारतमा गैरमुस्लिम शरणार्थीलाई नागरिकता दिन सकिने विवादास्पद विधेयक पारित गरेको छ ।

विधेयकमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकहरूलाई नागरिकता दिने व्यवस्था छ ।

संसदको तल्लो सदनले गएराति नागरिका संसोधन विधेयक पारित गरेको हो ।

संसदमा भएको मतदानमा सो नागरिकता संशोधन विधेयकको पक्षमा ३ सय ११ र विपक्षमा ८० मत परेको थियो ।

आलोचकहरुले भने नयाँ कानूनलाई मुस्लिमहरूलाई सीमान्तकृत पार्ने एजेन्डा भएको बताएका छन् ।