२४ मंसिर, झापा । झापामा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएकाे छ ।
झापाको कन्काई नगरपालिका-४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कारसंग मोटरसाईकल ठाेक्किदा मोटरसाईकल चालककाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका-२ बस्ने बर्ष २३ को किशन शाह रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
ट्रक चालक र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








