२४ मंसिर, काठमाडौं । आज मंगलबार सुनचाँदीको भाउ घटेको छ ।

सुनको मुल्य आज मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ७० हजार रुपैयाँ ८ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे साेमबार सुन तोलाकाे ७१ हजार रुपैयाँ मा काराेबार भइरहेकाे थियाे ।

त्यस्तै तेजावी सुन पनि ताेलामा २ सय घटेकाे छ । आज मंगलबार तेजावी सुन प्रति ताेला ७० हजार ५ सयमा काराेबार भइरहेकाे छ । हिजाे तेजावी सुन ताेलाकाे ७० हजार ७ सय थियाे ।

यस्तै चाँदी आज मंगलबार तोलामा ५ रुपैयाँ घटेर तोलाको ८ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ । हिजाे साेमबार चाँदी तोलाको ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको थियाे ।