२४ मंसिर, काठमाडौं । झापाको दमक नगरपालिका-१ स्थित हिमाबी स्कुल नजिक बस्ने किरण थापाको २ बर्षिय छोरा आयुस थापाको घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
सोमबार दिउँसो साढे ४ बजेको समयमा पोखरीमा पानीमा डुबीरहेको अवस्थामा आफन्तले उनलाई फेला पारेपछी तत्काल उपचारको लागी अस्पताल ल्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटिइ आवश्यक अनुसन्धान गरिरहेको उक्त कार्यालयले जनाएको छ ।








