२४ मंसिर, काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका-१२ सुनखानी स्थितमा जुनार सर्किएर एक जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो १ बजेको समयमा स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका-१२ दाइजोर बस्ने वर्ष ५० को मान बहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यू भएको हो ।

घटनाबारे प्रहरी चौकी देउरालीमा खबर प्राप्‍त हुन साथ घटनास्थलमा खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राख्नुको साथै थप अनुसन्धान अनुसन्धान कार्य गरिरहेकाे जानकारी दिएकाे छ ।