२४ मंसिर, काठमाडौं । काठमाण्डाै महानरपलिकाले आज एक सुचना जारी गर्दै सार्वजनिक क्षेत्र वा सार्वजनिक सवारीसाधनमा भिक्षा माग्न वा माग्न लगाउन नपाइने बताएकाे छ ।
तीन दिनभित्र यस्ता गतिविधि रोक्न महानरपलिकाले सार्वजनिक अपिल जारी गरेको छ ।
महानरपलिकाले कानूनले निषेध गरेको भिक्षा माग्ने पेशा नअपनाउन र अपनाए कारवाही गर्ने चेतावनीसहित सूचना जारी गरेको छ ।
यही मङ्सिर २९ गते कामनपा दिवसको अवसरमा बेसहारा, अभिभावकविहीन, सहयोगापेक्षी सडक आश्रित मानवरहित काठमाडौँ महानगर बनाउने अभियानको घोषण गर्न लागिएको छ ।








