२४ मंसिर, काठमाडौं । अवैध लागूऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट अवैध लागूऔषध चरेश करिब ११ केजी ८ सय ग्राम सहित वीरगंज महानगरपालिका-१९ बस्ने ६० वर्षीय रामबालक बैठालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले बैठाले साइकल जाँच गर्ने क्रममा साइकलमा लोड गरी ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएकाे छ ।








