२४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) पुरूष फुटबलमा फाइनल खेलमा नेपालले भुटानलाई २-१ हराएकाे छ ।

मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा खेलको १६ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका लागि अभिषेक रिजालले गोल गर्दै अग्रता दिलाएका हुन् ।
दाेस्राे गाेल सुनिल बलले गरेका हुन ।

भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा एक गाेल फर्काएका हुन् ।