२५ मंसिर, काठमाडौं । लोक सेवा आयोगले एक हजार भन्दा बढी अधिकृत पदका लागि विज्ञापन आह्वान गरेको छ ।

प्रशासन, लेखा, राजश्व, परराष्ट्र, न्याय, संसदलगायत सेवाका लागि कूल १ हजार ९६ पदमा बुधबार विज्ञापन खुलेको हो ।

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) का लागि ७ सय ६८ जनाको विज्ञापन खुला गरेको छ।

बुधबार सूचना जारी गर्दै आयोगले अप्राविधिकतर्फ विभिन्न समूहमा अधिकृतका लागि दरखास्त आह्वान गरेको हो।