२५ मंसिर, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हिमाली भागमा भारी हिमपातको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमविदले पश्चिम, मध्य र पूर्वी पहाडी भागमा ३ दिन पानी पर्ने प्रक्षेपण पनि गरेका छन् ।
विभागले बुधबार बिहान तीनदिने मौसमी विश्लेषण सार्वजनिक गर्दै देशको हिमाली भागमा हिमपात हुने जनाएको हो ।
विभागका मौसमविदहरूका अनुसार, पश्चिमी उच्च पहाडी हिमाली भू–भागसँगै मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भागमा ३ दिन भारी हिमपात हुने सम्भावना छ । हिमपातबाट यी क्षेत्रको जनजीवन प्रभावित हुने भएकाले सतर्क रहन उनीहरूले सुझाएका छन् ।
मंसीर २५ गते बुधबारकाे माैसम पुर्वानुमान
दिउँसो: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलि रही पश्चिमि भु-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ साथै उच्च पहाडि तथा हिमालि भु-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम खालको हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ।
राती: देशको पश्चिमि भु-भाग लगायत मध्य र पूर्वि पहाडी भू-भागमा सामान्य बदलि रही पश्चिमि भु-भागका थोरै स्थानहरु र मध्य तथा पूर्वका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ पश्चिमि उच्च पहाडि तथा हिमालि भु-भागका केहि स्थानहरुमा र मध्य तथा पूर्वि उच्च पहाडि तथा हिमाली भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्ययम हिमपात हुने तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ ।








