२५ मंसिर, काठमाडौं । प्रहरीले अनलाइन ठगी गर्ने एक गिरोह पक्राउ गरेको छ ।

सामाजीक संजाल र फाेन मार्फत आकर्षक उपहार पर्‍यो भन्दै सार्वसाधारणलाई ठगेको आरोपमा प्रहरीले यो समूहलाई पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत उनीहरुको कनेक्सन देखिएको प्रहरीले जानकारी दिएकाे छ ।

यसबारे जानकारी दिन प्रहरीले आजै पत्रकार सम्मेलन गर्दैछ ।