२५ मंसिर, चितवन । नारायणगढ मुग्लिन सडकखण्ड दुई साता आंशिक रुपमा बन्द गरिने भएको छ ।
पहिरो रोकथामसम्बन्धी काम गर्नका लागि जिल्ला सुरक्षा समितिले दुई सातासम्म दिउँसोको समयमा गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै यही मंसिर २७ गते देखि ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
सो अवधिमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुंगामा रोकिनेछन् ।
यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ ।
एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।








