२५ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले आज (बुधबार) अपराह्न ट्विट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गरेकी छिन् । साथै उनले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद पनि व्यक्त गरेकी छिन् ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गर्ने नेपाली खेलाडीलाई हार्दिक बधाई ! सागको सफल आयोजनाका लागि नेपाल खेलकुद परिषद्, प्रशिक्षक र निर्णायक सबैलाई धन्यवाद ! यस खेलले दक्षिण एसियाली मुलुक र जनताबीच रहेको सुमधुर सम्बन्ध थप प्रगाढ भएको महसुस गरेको छु ।
— Bidya Devi Bhandari President of Nepal (@PresidentofNP) December 11, 2019








