२६ मंसिर, काठमाडौं । पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबारदेखि तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो ।

बुधबार साँझ नेपालको पश्चिमी भुभागबाट न्युन चापिय प्रणालीको प्रवेश भएको छ। यस प्रणालीका कारण नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुने सम्भावना रहेकाे माैसमविदले बताएका छन । यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू-भागमा समेत हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने साथै यस प्रणालीका कारण देशका पश्चिमी भू-भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू-भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको माैसम पुर्वानुमान महाशाखाले बताएकाे छ।

बुधबारबाट शुरू भएको यो मौसमी प्रणाली शनिबार सम्ममा अन्त्य हुने र उच्च पहाडी र हिमाली भू-भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ।