२६ मंसिर, काठमाडौं । नेकपाका अध्यक्ष प्रचण्डले सबै जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचानसहितको समृद्धिबाटै राष्ट्रको उन्नति हुने बताएका छन् ।

किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिःको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

साथै उनले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमार्फत समाजवादको आधार तयार पार्न पार्टी र सरकार अग्रसर रहेको दाबी गरेका छन् ।

विभिन्न समुदायका सांस्कृतिक पर्वहरूले सम्पूर्ण नेपालीलाई एकताबद्ध गरेको प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।