२६ मंसिर, काठमाडौं । सिरहामा लागु औषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा लहान नगरपालिका-५ वलुवा बस्ने वर्ष २२ को उपेन्द्र सदा रहेका छन ।
बरियारपट्टीबाट जिरोमाईल चल्ने यात्रु वाहक बसलाई चेकजाँच गर्दा सदाकाे साथबाट
औषध डाईजेल्याप,३८ पिस, नरफिन ३९ पिस, फेनारगन ३७ पिस र नाईट्रोजन ६ ट्याव्लेट बरामद गरेकाे सिरहा प्रहरीले जानकारी दिएकाे छ ।
उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको छ ।








