२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समीक्षालगायतका विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
दिउँसो १ वजे बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा उपनिर्वाचनको समीक्षासँगै पार्टीका विभागहरु गठन, भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दलमा देखिएको विवाद समाधान, पार्टीको क्रियाशील सदस्यता वितरणलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
उनकाअनुसार कालापानीलगायतका क्षेत्रमा भारतले गरेको सीमा अतिक्रमणको विषयले पनि बैठकमा छलफलका लागि प्रवेश पाउने भएको छ ।








