२६ मंसिर, काठमाडौं ।  सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय र सडक निर्माणको क्रममा रहेको डोजरमा आगजनी भएको छ । अज्ञात ब्यक्तिले गए राती आगजनी गरेको हो ।

आगो लग्दा कार्यालयका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन्।

आगजनीबाट वडा कार्यालयको कागजपत्र, फर्निचर, कम्प्युटर, प्रीन्टरलगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् ।

वडा कार्यालय छेउमा रहको मे ५ प ४८१० नम्बरको मोटरसाइकलमा समेत आगजनी गरिएको छ । अज्ञात समूहले मादी ओखरबोटे सडकखण्डको काम गर्दै गरेको एक्साभेटरमा समेत आगो लगाएका छन् । अज्ञात समूहले वडा नम्बर ६ मा रहेको सगरमाथा कन्ट्रक्सन कम्पनीको ‘थ्री ट्वान्टी डी टु’ क्याट एक्साभेटरमा पनि आगजनी गरेका हुन्।