मंसिर, काठमाडौं । नेपाली लोक दोहोरीको क्षेत्रमा दिनप्रतीदिन नयाँ नयाँ लोक दोहोरी गीत आउने क्रम जारी छ ।
अझ भन्नु पर्दा यो मङ्सिरको महिना बिशेष गरी बिबाह सम्बन्धि पन्चेबाजाका धुनसंगै लगन गाँस्नेको महिना हो । यस्तै सिलसिलामा लोक दोहोरी गायक बिरबल ढकालको पन्चेबाजा झ्यालको पर्दा सार्वजनिक भएको छ।
झ्यालको पर्दा गीतमा बिरबल ढकाल र शान्ति श्री परियारको सुमधुर आवाज रहेको छ भने गीतमा रमेश बि जि र काजिबाबु अर्यालको शब्द रहेको छ । गीतको सङीत बिरबल ढकालको नै रहेको छ ।
यस गीतमा लोक क्षेत्रका सर्वप्रिय मोडल शंकर बि.सि र अन्जली अधिकारीको अभिनय रहेकोे छ ।
भिडियाेको निर्देशन शंकर बि.सि काे नै रहेको छ भने छायांकन दुर्गा पौडेलले गरेका छ्न ।
भिडियाेकाे सम्पादन नबिन घर्तीले गरेका छ्न । माल श्री रेकर्डिङ स्टुडियो मा रेकर्ड गरिएकाे यस गीत छोटो समयमा लाेकप्रिय हुदै गइरहेकाे छ । पछिल्लो समय मौलिक गीतहरु आउने क्रम पातलिदै गएको परिवेशमा यस्ता मौलिक गीतले नेपाली लोक क्षेत्रलाइ हरभरा बनाउने गायक ढकाल बताउछन । गीतको बजार ब्यबस्थापन गोर्खा चौतारी म्युजिकले गरेको छ।








