२७ मंसिर, काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेकाे छ । चाँदीको भने स्थिर रहेकाे छ ।

सुनको मुल्य आज शुक्रबार तोलाको ७० हजार ८ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे बिहीबार सुन तोलाकाे ७१ हजार २ सय रुपैयाँ रहेकाे थियाे ।

त्यस्तै तेजावी सुन आज शुक्रबार प्रति ताेला ७० हजार ५ सयमा काराेबार भइरहेकाे छ । हिजाे तेजावी सुन ताेलाकाे ७० हजार ९ सय रहेकाे थियाे ।

यस्तै चाँदी आज शुक्रबार तोलाको ८ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ । हिजाे बिहीबार चाँदी तोलाको ८ सय ४० रुपैयाँ रहेकाे थियाे ।