२७ मंसिर, काठमाडौं । चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
मकवानपुर प्रहरी चाैकी भैसेबाट खटिएको प्रहरी टोलीले सवारी चेकिङ गर्ने क्रममा चरेससहित दुई जनालाई पक्राउ गरेकाे हाे ।
पक्राउ पर्नेमा अरबिन्द कुमार पटेल र मिया अन्सारी रहेका छन ।
उनिहरूकाे साथबाट प्रहरीले १० के.जी. २५० ग्राम चरेस बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरीले चरेस असारपसार गर्न प्रयाेग गरिएकाे बा. ४० प ७२४० नं. को पल्सर मोटरसाइकल पनि बरामद गरेकाे छ ।
उनिहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।








