२७ मंसिर, काठमाडौं । ब्राउन सुगरसहित पाँच जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीले झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।
बिहिवार बेलुका साँढे ६ बजेको समयमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ का २२ बर्षीय किशोर गुरुङलाई सतिघट्टा चोकबाट १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
यसैगरी गोप्य सूचनाका आधारमा प्रहरी चौकी केरखाबाट खटिएको प्रहरी टोलीले ईलामको चुलाचुली घर भई झापाको कमल गाउँपालिका-५ मा डेरा गरी बस्ने २६ बर्षीय दिपेश तामाङको कोठाबाट ९.२० ग्राम ब्राउन सुगर बरामद गरेको हो । तामाङको कोठाबाट ब्राउन सुगर बरामद भएसंगै तामाङलाई समेत पक्राउ गरि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
यस्तै विराटनगर महानगरपालिका-१५ भन्सार कार्यालयको १ नं. ढाटबाट विराटनगर महानगरपालिका- ६ का २९ बर्षीय अनुज खत्री १ ग्राम ६०० मिलीग्राम खैरो हेरोईन सहित पक्राउ परेका छन् ।
बुधवार अपरान्ह ४ बजे भारतको जोगवनीबाट पैदल नेपालतर्फ आउदै गरेका खत्रीलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको जम्फरको टोपीमा लुकाई छिपाई ल्याउदै गरेको खैरो हिरोईन बरामद भएको थियो ।
खत्रीलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गर्दा लागु औषधमा ओसार पसारमा अन्य २ जनाको समेत संग्लग्नता रहेको खुल्न आएपछी विराटनगर महानगरपालिका – ६ का २६ बर्षीय अयुव आलम र केराबारी गाउँपालिका – १० का ४१ बर्षीय तेज बहादुर लिम्बु समेतलाई पक्राउ गरी थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।








