२७ मंसिर, काठमाडौं । प्रहरीले चरेश सहित चार जना पक्राउ गरेकाे छ ।

गोप्य सुचनाको आधारमा कैलाली, गोदावरी नगरपालिका वडा नम्वर २ कडायत टोल रिङरोडमा
कोठा भाडा लिएर बस्ने जसमल सिह ठगुन्नाकाे काेठा खानतलासी गर्दा प्रहरीले लागु औषधचरेस बरामद गरेकाे हाे ।

पक्राउ पर्नेमा जसमल सिह ठगुन्ना, जिवन सिह ठगुन्ना, उकिल सिह ठगुन्ना र हिक्मत सिह धामी रहेका छन ।

उनकाे काेठाबाट ७ किलोग्राम लागु औषध चरेस फेला परेकाे सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।

उनिहरू चारै जनालाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।