२७ मंसिर, काठमाडौं । बेलायतमा भएको आम निर्वाचनमा कन्जरभेटिव पार्टीले विजय हासिल गरेको छ ।

चुनावको मतपरिणामको अन्तिम घोषणा हुन बाँकी भए पनि सो पार्टीले बहुमतको लागि ३२६ सीटको थ्रेसहोल्ड पार गरिसकेको छ ।

बीबीसीले बोरिस जोहन्सन फेरि प्रधानमन्त्रीका रुपमा डाउनिङ्ग स्ट्रिटमा फर्किने पक्का भएको जनाएको छ ।

प्रधानमन्त्री जोहन्सनले आफूलाई अब ब्रेक्जिटको प्रक्रिया पूरा गर्ने जिम्मेवारी जनताले दिएको जनाएका छन् । बेलायतमा ५ वर्षको बीचमा हिजो तेस्रोपटक आम निर्वाचन भएको हो । 

विपक्षी लेवर पार्टीले भने विगतमा जित हासिल गरेको क्षेत्र समेत गुमाउने देखिएको छ । लेवर पार्टीले २०२ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा उसले २६२ सिट जितेको थियो ।