२७ मंसिर, काठमाडौं । मुग्लिन–नारायणगढ सडक आज (शुक्रबार)देखि दुई सातासम्म दिउँसो बन्द गरिने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
मुग्लिन–नारायणगढ सडक आयोजना कार्यालयको मागअनुसार पहिरो रोकथाम गर्ने कामका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय चितवन जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।








