२७ मंसिर, काठमाडौं । आज बस्ने तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको आजको बैठक स्थगित भएको छ ।
नेताहरुको कार्यव्यवस्तताका कारण स्थगित भएको हो ।
मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न आजका लागि सचिवालय बैठक बोलाएको थियो ।








