२७ मंसिर, काठमाडौं । रुखबाट लडेर माेरङमा एक जनाकाे मृत्यु भएकाे छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका-३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको हाे ।

बिहिवार घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा उनि रूखबाट लडेका थिए ।

लडेर घाईते भएका उनलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको भन्ने खबर प्राप्त भए संगै ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो ।

घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।