२९ मंसिर, एजेन्सी । भारतकाे असाम बंगाललगायत पूर्वाेत्तर राज्यमा नागरिकता संशोधन विधेयकलाई लिएर विराेध सुरु भएकाे छ । 

बंगालको मुर्शिदाबादमा प्रदर्शनकारीहरुले लालगोला रेलवे स्टेशनमा पाँच वटा खाली ट्रेनमा आगो लगाएका छन् । प्रदर्शनकारीहरुले राज्यका विभिन्न क्षेत्रका सडक पनि अवरुद्ध गरे । 

जसका कारण सडक यातायात र रेल सेवा पनि प्रभावित भयो । मुर्शिदाबाद र उत्तरी २४ परगना जिल्ला तथ हावडा (ग्रामीण) मा प्रदर्शनले उग्र रुप लिएको प्रहरी अधिकारीले जनाएका छन् । 

प्रहरीका अनुसार शनिबार बिहानदेखि नै नागरिकता संशोधन विधेयकको विरोध गरिरहेका हजारौँ प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै केही पसलमा पनि आगो लगाएका छन् । रेलवे सुरक्षा बलका एक वरिष्ठ अधिकारीले भने, ‘दिउँसोको समयमा प्रदर्शनकारीहरु रेलवे स्टेशनमा छिरे र टिकट काउण्टरमा आगो लगाइदिए ।’