२९ मंसिर, काठमाडौं । आज आइतबार छापावाल र तेजावी सुनको भाउ ५ सयले बढेकाे छ ।
सुनको मुल्य आज आइतबार तोलाको ७१ हजार ३ सयमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन तोलाकाे ७० हजार ८ सय रुपैयाँ रहेकाे थियाे ।
त्यस्तै तेजावी सुन आज आइतबार प्रति ताेला ७१ हजारमा काराेबार भइरहेकाे छ ।
शुक्रबार तेजावी सुन ताेलाकाे ७० हजार ५ सय रहेकाे थियाे ।
यस्तै चाँदी आज आइतबार तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार चाँदी तोलाको ८ सय ४० रुपैयाँ रहेकाे थियाे ।








