२९ मंसिर, काठमाडौं । आइतबार पनि देशका विभिन्न ठाउँको मौसम बदली भइ मध्य, पूर्वी र सुदूरपश्चिमका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । 

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन।

मंसीर २९ गते आइतबारकाे माैसम पुर्वानुमान यस्ताे छ

दिउँसो: देशको अधिकांस  भू-भागहरुमा सामान्य बदली रहने छ । देशको पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वी  पहाडी  भू-भागको  / १ /२  स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राती: देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।