२९ मंसिर, काठमाडौं । पार्टी संगठनको विषयमा छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाहीमा दिउँसो १ बजे बस्दै छ ।

स्थायी समितिको बैठकको तयारीका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ।

स्थायी समिति बैठकका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनलाई सचिवालय बैठकले अन्तिम रुप दिनेछ।