२९ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको छ ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा गरिएको छ ।
करिब एक वर्षपछि आइतबार दिँउसो पार्टीको स्थायी समिति बैठक बस्दैछ ।
आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।








