२९ मंसिर, काठमाडौं । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना हुँदा १२ जनाको घटनास्थलमै ज्यान गएको हो भने एक बालकसहित अर्का व्यक्तिको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालकाे अनुसार दुर्घटनामा अन्य थुप्रै यात्रु घाइते भएका छन।
मृतकमा ३ बालकबालिका, ८ महिला र३ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ। मृतकहरूको सनाखत गराउने काम भइरहेको जिल्ला ट्राफिक कार्यालय खाडीचौरले जनाएको छ।








