२९ मंसिर, काठमाडौं । प्रहरीले लागु औषध गाँजासहित पाँच जनालाइ पक्राउ गरेकाे छ ।
प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ७ किलो गाँजासहित पाँचजनालाइ पक्राउ गरेकाे हाे ।
उनिहरूले लुकाई छिपाई नेपालबाट भारततर्फ गाँजा लैंजादै गरेकाे अवस्थामा प्रहरीले पक्राउ गरेकाे जानकारी दिएकाे छ ।
पक्राउ पर्नेमा फुलमह्मद मियाँ, नौसाद हुसेन, एजाजुल देवान, हुसेन देवान र ईजाजुल मिया रहेका छन ।
उनिहरूलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेकाे पर्सा प्रहरीले बताएकाे छ ।








