२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका संस्थापन र रामचन्द्र पौडेल समूहबीच सहमतिको प्रयास तीब्र भएको छ ।

१४ औं महाधिवेशनको कार्यतालिकालाई एजेण्डा बनाउनुपर्ने माग राख्दै वरिष्ठ नेता पौडेलको समूहले शुक्रबार केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेको थियो ।

आइतवार वरिष्ठ नेता पौडेल सपरिवार पाथिभरा दर्शनका लागि निस्किसकेका छन् ।

संस्थापन पक्षसँग कुनै सहमति नभइसकेको भन्दै नेताहरुले बैठकमा नजाने निर्णय गरेका छन् ।

आज कांग्रेस नेता प्रकाशमान सिहंकाे निवासमा महामन्त्री डा शशांक काेईराला र सिहंवीच यस्ताे सहमति भएकाे हाे ।

स्रोतका अनुसार नेविसंघ र तरुण दलको नेतृत्व, केन्द्रीय विभागहरु गठन र १४ औं महाधिवेशनको कार्यतालिकाबारे सहमति खोज्न दुबै नेता सहमत छन् । यद्यपि यसबारे संस्थापन पक्षले चारै विषयमा ठोस प्रस्ताव राखेको छैन ।

पौडेल समूहले भने १४ औं महाधिवेशनको कार्यतालिकालाई जारी केन्द्रीय कार्यसमिति बैठकको प्रमुख एजेण्डा बनाउनुपर्ने अडान लिएको छ ।

बैठक आइतबार १ बजे बोलाइएको छ ।