२९ मंसिर, काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शुरू भएकाे छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठकका लागि एजेन्डा तय गरेको थियाे ।

केहिबेर अघि बालुवाटारमा बसेकाे सचिवालय बैठकले स्थायी समिति बैठकका लागि पाँचवटा एजेन्डा तय गरेको थियाे ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार स्थायी समिति बैठकका लागि राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन गर्ने, केन्द्रीय कमिटी बैठक बोलाउने, भारतसँगको सीमा विवाद र विविध एजेन्डा रहेकाे छ ।

करिब एक वर्षपछि पार्टीको स्थायी समिति बैठक बसेकाे हाे ।