२९ मंसिर, धनकुटा । धनकुटामा ट्रेलर र टेम्पु जुध्दा दुई जनाको मृत्यु भएकाे छ ।

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो
डोजर बोक्न प्रयोग गरिने ट्रेलर र टेम्पु एक आपसमा ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुई जना घाईते भएका छन् ।

दुर्घटनामा परी टेम्पु चालक धनकुटा–२ का २५ वर्षीय दशरथ पाख्रिन र टेम्पुमा सवार तेह्रथुम छथर गाउँपालिका–१ का ४२ वर्षीय साङ्गे शेर्पाको घटनास्थल मै मृत्यु भएको हो ।

टेम्पुमा सवार रविन घिमिरे र प्रदीप बस्नेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल लगिएको धनकुटाका ट्राफिक प्रहरीले जानकारी दिएकाे छ ।

ट्रेलर र ट्रेलरका चालक संखुवासभा मादीमुलखर्क–५ का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।