३० मंसिर, बुटवल । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरिएकाे छ ।
स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको हाे ।
यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ-लमही क्षेत्रलाई प्रस्ताव गरेको छ ।








