३० मंसिर, मकवानपुर प्रहरीले स्कुटर चोरी गरेर नम्वर प्लेट समेत परिवर्तन गर्ने पक्राउ गरेकाे छ ।
पार्किङ गरी राखेको ना ३४ प ४९५४ नं को स्कुटर चोरी गरी नम्वर प्लेट समेत परिवर्तन गर्ने एक जनालाइ पक्राउ मकवानपुर प्रहरीले गरेकाे हाे ।
पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका १८ हर्नामाडी बस्ने वर्ष २२ को अनिल सिलवाल रहेका छन ।
उनलाई उक्त स्कुटर सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।








