३० मंसिर, ताप्लेजुङ । हिमपातमा फसेका ११ जनालाइ प्रहरीले सकुसल उद्दार गरेकाे छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-११ स्थित पाथिभरा देवी मन्दिर परिषरबाट हिमपातमा फसेका ७ जना भारतीय र ४ जना नेपाली नागरीक सहित ११ जनालाई प्रहरीले उद्दार गरी गन्तब्य स्थलसम्म पुर्याएको हाे ।
गत २८ गते बिहान मन्दिर परिषरमा हिमपातमा परेर दर्शनार्थीहरु फर्किन नसकेपछी अस्थायी प्रहरी चौकी माथिल्लो फेदीबाट खटिएको प्रहरीको टोलीले स्थानीयवासी समेतको सहयोगमा उनहरूलाइ उद्धार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।
मोरङ उर्लाबारीका रमेश कार्की , तारा कार्की, हनमोल कार्की , सुबाश थापा सहित भारतको सिकिम मनिपुर घर भएका ग्याल्जेन भोटे समेत ७ जना गरी जम्मा ११ जनालाई गन्तब्य स्थलसम्म पुर्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।








