३० मंसिर, काठमाडौं । आइतबार सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा ज्यान गुमाउने १५ जना सबैको सनाखत भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का २८ वर्षीय सुकबहादुर तामाङ, सात वर्षीया सविना तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ र ३० वर्षीया रेस्मा तामाङ रहेकाे सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै सिन्धुपाल्चोककै लिसंखुपार–४ की ५५ वर्षीया गंगामाया लामा, बलेफी–७ की ३५ वर्षीया फूलमाया तामाङ, काभ्रे बेथानचोक गाउँपालिका–५ का ३६ वर्षीय रामशरण खत्री, ३५ वर्षीया मैयाँ केसी, दोलखा शैलुङ गाउँपालिका–६ की १० वर्षीया रन्जित बस्नेत, ३२ वर्षीया चिनु बस्नेत, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, रामेछाप उमाकाण्ड गाउँपालिका–४ का २४ वर्षीय महेश तामाङ, सुनापति गाउँपालिका–६ कि जुनुमाया तामाङ र मेलम्ची नगरपालिका ढाँडखोलाकी ३३ वर्षीया सुनिता तामाङको मृत्यु भएको प्रहरीले बताएकाे छ ।








