१ पुस, काठमाडौं । कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछिन् ।

उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् ।