१ पुस, काठमाडौं । मंगलबार सुनको मूल्य २ सय बढेकाे छ ।

साेमबार तोलामा ७१ हजार ३ सयमा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार ७१ हजार ५ सय मूल्यमा कारोबार भएको छ ।

यस्तै, साेमबार तेजावी सुन तोलामा ७१ हजार मा कारोबार भएकोमा मंगलबार २ सय बढेर ७१ हजार २ सय पुगेकाे छ ।

चाँदी आज मंगलबार तोलामा ८ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे साेमबार चाँदी ताेलाकाे ८ सय ४५ रहेकाे थियाे ।