१ पुस, काठमाडौं । हाल तराईका अधिकांश भू-भागमा बाक्लो हुस्सु कुहिरो लागेको माैसम बिभागले जानकारी दिएकाे छ । साथै मध्य र पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको छ।
पश्चिम तराईमा अहिले बाक्लो हुस्सु कुहिरो लागेको छ र त्याे साँझ सम्म हट्ने माैसमविद्ले बताएका छन।
त्यस्तै मध्य तराईमा पनि अहिले सामान्य हुस्सु कुहिरो लागेको छ र अपरान्ह सम्म हट्ने पुर्वानुमान गरिएकाे छ ।
पूर्व तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ र साँझ सम्म हट्ने माैसम पुर्वानुमान शाखाले जानकारी दिएकाे छ
आगामी २४ घण्टा सम्म शितलहरको संभावना नरहेकाे मौसम पूर्वानुमान महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।








