१ पुस, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले आफू पक्षीय तरूण नेता-कार्यकर्ताहरुको विशेष भेला बोलाएको छ ।

कांग्रेस महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा मंगलबार पौडेल पक्षधर नेता-कार्यकर्ताको विशेष भेला डाकिएको हो ।

भेलामा नेपाली कांग्रेसको भातृसंस्था तरूण दल विवाद समाधानबारे रणनीति तय गरिने बताइएको छ ।

तरूण दल केन्द्रीय समितिमा चार जना मात्रै छन्। ९५ जना सदस्य हुनुपर्नेमा केन्द्रीय समिति नै विस्तार नगरी अध्यक्ष जीतजंग बस्नेत नेतृत्वको तरूण दलले कार्यकाल सिध्याएको थियो।

पछिल्लो समय अध्यक्ष बस्नेत र महासचिव भुपेन्द्रजंग शाही बीच सम्बन्ध बिग्रेको छ।