१ पुस, काठमाडौं । कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।

सभामुख नभएका कारण उपसभामुखबाट पहिलोपटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

शपथग्रहण समारोहमा नेकपाका प्रमुख सचेतक देव गुरुङ लगायतको उपस्थिति थियो ।