१ पुस, काठमाडौं ।  नेपाली कांग्रेसकी संघीय प्रतिनिधिसभा सदस्य तथा छाया श्रममन्त्री डा।डिला संग्रौलाले मन्त्री परिवर्तनसँगै श्रम मन्त्रालय सुस्ताएको बताएकी छन्।

सिंहदरबारमा मंगलबार पत्रकार सम्मेलन गर्दै उनले रामेश्वर राय यादव श्रममन्त्री भएपछि मन्त्रालयले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया सुस्ताएको बताएकी हुन्। 

‘सर्वहारा तथा श्रमिकको नाममा शासन गर्ने तर क्रोनी क्यापिटालिज्मलाई अंगालो मार्ने यो सरकारले हरेक क्षेत्रमा भ्रस्टाचारलाई बढावा दिइ रहेको छ’, संग्रौलाले आफ्नो विज्ञप्तिमा भनेकी छन्,’हरेक दिन जसो सडक दुर्घटनामा सर्वसाधारण, निर्दोष जनताको ज्यान गइरहेको छ, तर सरकार कानमा तेल राखेर सुतेको छ।’