१ पुस, काठमाडौं । आज मंगलबार कांग्रेस नेता कृष्ण प्रसाद सिटौला र प्रकाश मान सिंहबीच सिंह निवास चाक्सिबारिमा छलफल भएकाे छ ।
भाेलि बस्ने कांग्रेस केन्द्रीय समिति बैठक अघि सहमति जुटाउन नेताहरु बीच भेटघाट र छलफल चलिरहेकाे हाे ।
नेपाली कांग्रेसकाे आन्तरिक बिषयमा देखेका असमझदारी अन्त्य गर्नका लागी केहि दिन देखि पटक पटक विभिन्न चरणमा भएका छलफलपछि कांग्रेस नेताहरु बिच सहमतिका आधारहरु तय भएका छन्।
केही प्राबिधिक बिषयहरुमा सहमति जुटाउनका लागि निरन्तर प्रयास जारि राख्दै आगामी केन्द्रीय समितिकाे बैठक बस्नु पुर्ब ठाेस समझदारी निर्माण गर्ने गरि छलफल जारि रहने बताइएकाे छ ।
सहमति सहकार्य र एकताका साथ पार्टी संगठन अगाडि बढ्ने आधार तय गर्नका लागि निरन्तर छलफलमा रहेकाेले छिटै आवश्यक निर्णयमा पुगिने कांग्रेसका नेता बताएका छन ।








